सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा परी २३ जना बेपत्ता एकको मृत्यु

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा परी २३ जना बेपत्ता एकको मृत्यु
समाज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।

२३ जना बेपत्ता भएका नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जनाको उद्धार गरिएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ जानुभएको छ । उहाँ स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

 

Post Comment