एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने

एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने
समाज

काठमाडौं । बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर सञ्चालित एम्बुलेन्सले गाइडलाइन अनुसार मात्रै बिरामी बोक्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

एम्बुलेन्सको दुरुपयोग गरी अन्य प्रयोजनको लागि प्रयोग गरेको पाइएमा एम्बुलेन्सको दर्ता नै खारेज गरी उक्त संस्थालाई भविष्यमा एम्बुलेन्स सञ्चालन गर्न नदिने मन्त्रालयले जनाएको छ।

Post Comment