काठमाण्डौ । आमाको हत्या गरेको अभियोगमा झापामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कमल गाउँपालिका-७ बस्ने २४ वर्षीय दिनेश ऋषिदेवलाई ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका दिनेशले आमालाई बञ्चरो र ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। मीराको घट्नास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ