काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि भदौ ३१ सम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।
त्यो समय बढाएर असोज ३० सम्म पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ चैतदेखि नै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ।
मन्त्रिपरिषद्ले सबै बिन्दु र खुला सीमा नाकाबाट हुने आवागमनमा रोक लगाउने निर्णय गरेको छ।
समस्यामा परेका नागरिकलाई आवागमन गर्न यसअघि १० वटा नाकामा अनुमति दिइएको थियो। सरकारले यसमा इलाम, दार्चुला र रसुवागढी नाका थप गरेको छ।