काठमाण्डौ – कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
काठमाण्डाैकाे माइतीघर मण्डलामा घिसिङको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो । तर प्रदर्शनकारी नहटेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
गएकाे भदाै २८ गते कार्यकाल सकिएपछि कुलमान मङ्गलबार (हिजाे) औपचारिक रुपमा बिदाइ हुनुभएकाे थियाे । प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमानलाई नै दाेहाेर्याउनुपर्ने भन्दै जनदबाब बढेकाे छ ।