आज विश्व मुटुरोग दिवस ,नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदै

स्वास्थ्य

काठमाडौ, असोज १३ – आज विश्व मुटु रोग दिवस नेपालमा पनि विभिन्न जनचेताना मूलक कार्यक्रम गरी मनाइदै छ । दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन् ।

whd_web_banner_1_rgb

मुटु रोगका बारेमा जनचेतना फैलाउने उदद्देश्यले हरेक वर्ष सेम्टेम्बर २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अस्वस्थकर जिवन शैली, बंशानुगत, अनियमित खानपानका कारणले गर्दा मानिसमा मुटु रोग हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओको प्रतिवेदनले जनाएको छ ।

मुटु रोगका कारण विश्वभर प्रत्येक वर्ष १ करोड ७३ लाख मानिसले ज्यान गुमाउने गरेको डब्लु एच ओको प्रतिवेदनले देखाएको छ । नेपालमा पनि वर्षेनी मुटु रोगका कारण ३३ सय ३८ जनाको मृत्यु हुने गरेको तथ्याङ्कक छ ।

नेपालमा मुटुरोगीको संख्या वृद्धि हुनुका कारण नेपाली आकाशमा घोलिएको विशाक्त हावा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वायू प्रदुषणकै कारण नेपालमा हरेकवर्षमा ९ सय २३ जनामा फोक्सोको क्यान्सर, १ हजार ७ सय ७० जनामा दम,७ सय ४० जनामा तल्लो श्वास नलीको संक्रमण हुने गरेको चिकित्सकहरुको भनाई छ ।

धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।