काठमाडौं, २७ कात्तिक । मार्क नेपाल मनोसेवा केन्द्र , पिपल्स मेडिकल कलेज , जय जनता हेल्थ केयर र प्रथम पाइला मासिक पत्रिकाको संयोजनमा स्वाथ्य सेवा समाजले शनिबार राजधानीको थलिमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले ३ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । सिबिरमा मनोपरामर्श सेवा समेत दिएको थियो ।
यी संस्थाहरुले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन ।