स्वास्थ्य मन्त्री थापालाई तनाव,डाक्टर र स्वास्थ्यकर्मि अवरोधले असन्तुष्टि

स्वास्थ्य मन्त्री थापालाई तनाव,डाक्टर र स्वास्थ्यकर्मि अवरोधले असन्तुष्टि
स्वास्थ्य

काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले मंगलाबार साँझ ट्विटरमार्फत फागुन १ गतेदेखि सबै जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पु-याउन गरेको निर्णय कार्यान्यवन ढिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए ।
मन्त्री थापाको टिप्पणी थियो, ‘हामीले जिम्मेवार पदाधिकारीसँगको सम्झौतालाई गम्भीरतापूर्वक लिँदा विगतझैं यसपटक पनि मन्त्रालयको कार्यलाई द्वितीय पक्षले हल्का रुपमा लिएको निस्कर्ष निकालेका छौं ।’
मन्त्रीको असन्तुष्टि पछिल्लो सन्दर्भमा बाहिर आए पनि उनको सुधार प्रयासमा मन्त्रालयभित्रै सचिव, अन्य पदाधिकारीदेखि सरकारी डाक्टर र स्वास्थ्यकर्मीले सुरुदेखि नै अवरोध गरिरहेका छन् ।
फागुन १ देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का विशेषज्ञ परिचालन गरेर १३ जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा विस्तार गर्न माघ २८ मा मन्त्रालयमा सम्झौता भएको थियो ।
सम्झौता कार्यान्यवयनमा मन्त्रालयकै न्याम्सले समेत सिन्को नभाँचेपछि मन्त्रीको असन्तुष्टि बाहिर आएको हो ।
नागरिक दैनिक

Post Comment