आज बिश्वो भर स्वास्थ्य दिवस बिभिन्न कृयाक्लाबहरु गरी मनाइदै छ । यस बर्षको बिश्वो स्वास्थ्य दिवसको नारा “उदासीनता रोग : खुलेर कुरा गरौँ’ भन्ने रहेको छ ।
बिश्वो स्वास्थ्य दिवसको अबसरमा मनिपाल स्कुल अफ नर्सिङका छात्राहरुले पोस्टर प्रदर्शनी र उदासीनता रोग सम्बधी जानाकारीमुलक कार्यक्रम गरी मनाएका छन । मनिपाल शिक्षण अस्पातलको प्रङनणमा छात्राहरुले उक्त कार्यक्रम गरिएको थियो ।
साथै हरेक उमेर समुहका मान्छेहरुमा डिप्रेशन देखिन सक्दछ अनि समयमै उचित साथ र सहयोग अनि उपचार नपाएमा यो डिप्रेशनले भयावह रुप लिन्छ ।
मान्छेले आफ्नौ दैनिक कामहरुपनि सहज रुपमा गर्न नसक्ने वनाँउदै अन्र्तमुखी अनि नचाहिने त्रास अनि पिडाहरुले मन भरिन्छ, भन्ने सन्देश युक्त पोस्टरहरु टासिएका थिय र छात्राहरुले पोस्टर बारे बिरामी तथा अन्य ब्यक्तीहरुलाई जानकारी दिएका थिय ।
सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।