काठमाण्डौमा १० बर्ष सम्म मेडिकल कलेज खोल्न नपाइने (यस्तो छ नियम)

काठमाण्डौमा १० बर्ष सम्म मेडिकल कलेज खोल्न नपाइने (यस्तो छ नियम)
स्वास्थ्य

सरकारले काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेको हो । संसदबाट विधेयक पास नभएपछि सरकारले डा. गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।

अध्यादेशमा काठमाण्डु उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

यससँगै मनमोहन, काठमाण्डौ नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वतः खारेज हुनेछ ।

Post Comment