अमेरिकामा पेन किलर सेवन गर्ने दुर्ब्यसनीले मुलक नै लज्जित: राष्ट्रपति डोनल्ड ट्रम्प

अमेरिकामा पेन किलर सेवन गर्ने दुर्ब्यसनीले मुलक नै लज्जित:  राष्ट्रपति डोनल्ड ट्रम्प
स्वास्थ्य

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरे

का छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले बन्दुकको दुरुपयोग वा सडक दुर्घटनाबाटभन्दा बढी अत्यधिक औषधि सेवन अर्थात् ओभरडोज औषधि सेवन गरेर अमेरिकीहरु मृत्युको मुखमा पुगिरहेको उल्लेख गरे ।

यसको मूल कारण भनेको पेनकिलरको अधिक सेवन, हिरोइनसहितका दुव्र्यसनीका लागि प्रयोग गरिने लागुऔषध हुन् उनले भने ।

विश्वमै अमेरिकीहरुले यस्तो औषधिको अधिक सेवन गर्ने गरेको पनि उनले बताए ।

उनले सबै राज्य सरकारहरुलाई यस्तो औषधिको दुरुपयोग रोक्न सबैखाले उपाय अपनाउन आग्रह पनि गरेका छन् ।

Post Comment