बाग्लुङको बिनामारेमा युनाइटेडको स्वास्थ्य शिविर

बाग्लुङको बिनामारेमा युनाइटेडको स्वास्थ्य शिविर
स्वास्थ्य

पोखरा १७ असार । युनाईटेड क्लवलको आयोजनामा बाग्लुङ जैमिनी नगरपालिका ५ बिनामारेमा बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिनामारे स्वास्थ्य चौकीमा सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको युनाइटेड क्लवका कार्यसमिती सदस्य तथा स्वास्थ्य उपसमिती संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । कास्की सेवा हस्पिटल प्रा.लि. र नरहरी पोलिक्लिनीक रामबजारको प्राविधीक सहयोग तथा जैमिनी नगरपालिका वडा नम्बर ५ बाग्लुङ र बिनामारे स्वस्थ्य चौकीको ब्यवस्थापन तथा बाग्लुङ बिनामारे पोखरा सम्पर्क समाजको समन्वयमा सम्पन्न शिविरमा जैमिनी नगरपालिकाका सम्पूर्ण वडाका जनताहरुले लाभ लिएका थिए ।

शिविरमा हाडजोनी तथा नशारोग विशेषज्ञ डाक्टर बालकृष्ण आचार्य, स्त्री रोग तथा फिजिसियन विशेषज्ञ डाक्टर नारायण ओझा, फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल, स्त्री रोग विशेषज्ञ डाक्टर नविन श्रेष्ठ, जनरल सर्जन डाक्टर आनन्द भट्टराई, रेडियोलोजिष्ट डाक्टर रोशन पंगेनी, डाक्टर समता बराल, डाक्टर प्रतिक्षा आले लगायतले शिविरमा सहभागीको सहजीकरण गरेका थिए । शिविरमा अधिकांश हाडजोर्नी, स्त्रीरोग र वालरोग सम्बन्धी समस्या देखिएको थियो भने १ सय २० जनाको भिडियो एक्सरे गरिएको थियो भने ३ सय जना भन्दा वढीको ल्याव परिक्षण गरिएको बाग्लुङ बिनामारे पोखरा सम्पर्क समाजका कोषाध्यक्ष तथा युनाइटेड क्लवका आजिवन सदस्य जयराम आचार्यले जानकारी दिए ।

युनाइटेड क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार यो वर्ष बाग्लुङको जैमिनी नगरपालिका बिनामारेमा रहेका ग्रामीण भेगमा बसोबास गर्ने जनताहरुको स्वास्थ्य लाई लक्षित गरेर आयोजना गरेको शिविरले ग्रामीण भेगका जनतालाई लाभ मिलेको कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती बाग्लुङका प्रमुख राजेन्द्र ढुंगानाले वताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई दुरदराजमा रहेका ग्रामीण भेगहरुमा सञ्चालन गर्न समेत ढुंगानाले शिविरमा सहभागी क्लवका पदाधिकारीहरुलाई आग्रह गरे । जैमिनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गोपाल पौडेलले पोखरामा रहेको क्लवले बाग्लुङको ग्रामीण भेगमा आएर जनता संग प्रत्यक्ष सरोकार राख्ने गरी शिविरको आयोजना गरेर युनाइटेड कल्वले आफ्नो वडालाई ठूलो गुन लगाएको वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइेटड क्लवले स्थापना कालदेखीनै सामाजिक काममा अग्रसर हुदै गाउका दुर दराजमा रहेका जनताहरुलाई लक्षित गरी वर्षको एक पटक बृहत स्वस्थ्य शिविरको आयोजना गर्दै आएको र सोही अनुरुप बाग्लुङको जैमीनी नगरपालिका बिनामारेमा स्वास्थ्य शिविर आयोजना गर्न पाउदा निकै खुसी लागेको वताए । आगामी वर्षहरुमा पनि यस्ता क्रियाकलापलाई दुर दराजमा रहेका गाउहरु सम्म पु¥याउने लक्ष्यका साथ क्लव अगाडी वढेको गुरुङको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा धन्यवाद मन्तब्य सूर्य बानियाले राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव राजु श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, सचिव शान्ता बहादुर थापा, सह कोषाध्यक्ष कृष्ण बहादुर थापा मगर, आजिवन सदस्य नरहरी पनेरु लगायतका उपस्थिती रहेको थियो ।

Post Comment