पूर्व स्वास्थ्यमन्त्री अधिकारीले भने: “चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं”

पूर्व स्वास्थ्यमन्त्री अधिकारीले भने: “चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं”
स्वास्थ्य

नेकपा एमालेका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन् ।

संसदमा चिकित्सा शिक्षा विधेयकमाथीको छलफलमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले एलोपेथिक र आयुर्वेदलाई पनि समेट्न सक्नुपर्ने धारणा राखे। विधेयकमा समर्थन हुँदा हुँदै पनि समग्र चिकित्सा क्षेत्रलाई समेटेर विधेयक बनाउनु पर्नेमा उनको जोड थियो ।

नेपालमा अन्तराष्ट्रिय स्तरको स्कील ल्याव पनि बनाउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

चिकित्सा सेवा प्रदायक संस्थाको नियमनबारे विधेयकले धेरै कुरा अघि बढाएको बढाएको उनले बताए । चिकित्शा शिक्षामा रहेको निजिकरणको विकृत पहाडलाई विधेयकले डिपार्चर सुरु गरेको अधिकारीले बताए ।

Post Comment