विश्व फार्मासीष्ट दिवसको अवसरमा पोखरामा रक्तदान

विश्व फार्मासीष्ट दिवसको अवसरमा पोखरामा रक्तदान
स्वास्थ्य

विश्व फार्मासीष्ट दिवस पोखरामा पनि मनाइएको छ । नेपाल फार्मेसी संघ गण्डकी प्रदेशको आयोजना तथा लियो क्लव अफ पोखरा पिस चौतारीको विशेष सहयोगमा पोखरामा रक्तदान कार्यक्रम तथा अन्र्तरक्रिया गरि दिवस मनाइएको संघ प्रदेश ४ का सचिव सुवर्णराज पन्तले जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रि नरदेवी पुनले कार्यक्रमको उद्घाटन गर्दै फार्मेसीष्टहरुको समुहले मानिसका लागि अतिसंबेदनशील मानिने रक्तदान तथा सचेतना कार्यक्रम सञ्चालन गर्नु निकै उपयोगी भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका रचनात्मक कायलाई निरन्तरता दिन आग्रह गरिन । फार्मासीष्टहरुको पेशा निकै संवेदनशिल पेशा रहेको बताउँदै पेशाप्रति मर्यादित भएर लाग्न उनले आग्रह गरिन । मन्त्रि पुनले प्रदशे सरकार फार्मेसि क्षेत्रसंगपनि सहकार्य गरेर अगाडी बढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिन ।

कार्यक्रममा पोखरा विश्व विद्यालयका एसोसिएट प्रोफेसर गुलाम खान, नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य महेश्वर पोखरेल, फार्मासीष्ट डा सुदेश ज्ञावली, डा. सुसिल पन्त ,लायन विनायक रञ्जित, लगायतले यस क्षेत्रका चुनौती अवसर र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा प्रकास पारेका थिए ।

क्षेत्रिय रक्तसञ्चार केन्द्रको प्राविधीक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा तीस युनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक अर्जुन कार्कीले जानकारी दिए ।सोही अबसरमा साईकले रक्तदाता तिर्थराज अबस्थीलाई सम्मान पनि सम्मान गरिएको थियोे। संघ गण्डकीका कार्यवाहक अध्यक्ष बिन्दु मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचीव सुवर्णराज पन्तले गरेका थिए ।

रक्तदानबाट करिब ३० युनिट रगत संकलन गरिएको थियो ।

Post Comment