नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले चिकित्सा शिक्षा क्षेत्रमा गरेको लगानी सरकारलाई हस्तान्तरण गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले सोमबार चिकित्सा शिक्षा विधेयकबारे निजी क्षेत्रसँग छलफल गरेको थियो ।
चिकित्सा शिक्षा क्षेत्रमा गरेको लगानी राज्यलाई सुम्पिन लाग्ने समय भने उपलब्ध गराउन सकिने उनको भनाइ छ ।