डाक्टर केसीले अनसन तोडे

डाक्टर केसीले अनसन तोडे
स्वास्थ्य

 डा. गोविन्द केसीले २४ दिन पहिले सुरु गरेको आमरण अनसन तोडेका छन्। शिक्षण अस्पतालमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गरेका हुन् ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन् । अनसन तोड्दै उनले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन्।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन्।

Post Comment