सरकारी चिकित्सकको आन्दोलन स्थगित

सरकारी चिकित्सकको आन्दोलन स्थगित
स्वास्थ्य

केही हप्ता यता आन्दोलनरत सरकारी चिकित्सक संघ नेपालले १५ दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघले आफ्ना मागहरुप्रति सकारात्मक सोच राखी १५ दिनभित्रै समस्याको सम्बोधन गर्ने सम्बन्धित निकायको प्रतिबद्धता आएकोले त्यतिञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्ने जनाएको हो ।

संघले आन्दोलनका क्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण चिकित्सक वर्ग, कर्मचारी तथा संघलाई साथ दिने सम्पूर्ण संघ–संस्था र विशेष रुपमा आन्दोलनको अपनत्व ग्रहण गर्ने पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिककर्मी, सुरक्षाकर्मी लगायतलाई हार्दिक कृतज्ञता ज्ञापन समेत गरेको छ ।

Post Comment