नेपालगञ्जमा फेरि ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्जमा फेरि ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो
स्वास्थ्य

काठमाडौं । आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।

नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । योसहित संक्रमितको संख्या ७५ जना पुगेको जनाएको छ ।

Post Comment