काठमाडौँ, २७ बैशाख । उदयपुरमा फेरी थप एक जना कोरोना भाइरस संक्रमित फेला परेका छन । दयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केकी एक महिलामा कोरोना संक्रमण भएको हो ।
यो संगै उदयपुरमा आज एकै दिन ४ जना संक्रमित फेला परेका छन । पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् । आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।
संक्रमितका श्रीमान पनि यस अघि नै कोरोना भाइरस पोजिटिभ देखिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।