धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि

धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि
स्वास्थ्य

संक्रमित नेपालगन्जका ३६ वर्षीय पुरुष

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितको बाँकेको नेपालगन्ज निवासी ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । आजै कपिलबस्तुमा पनि एक जना थपिएका छन् । योसँगै कोरोना संक्रमितको आधिकारिक संख्या २१९ पुगेको मन्त्रालयले जनाएको छ। ।

यस्तै धनुषामा थप दुई जनाको पुष्टि भएको भएपनि मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

Post Comment