काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।
मन्त्रालयकाअनुसार रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।