काठमाडौँ, १ जेठ । यस अघि जारी विज्ञप्तिलाई सच्याउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ।
विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमितको संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो। प्राबिधिक कारणले यस अघि नै पुष्टि भैसकेको ५ जनाको पुन रिपोर्टिंङ हुदा २५० भएको स्पष्ट पारेको छ ।