काठमाडौँ, १३ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप ९९ जना संक्रमित भएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको परिणाम सार्बजनिक गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
उनीहरु महोत्तरी मनोहरा गाउपालिका १० का ३० र ३५ वर्षीय २ जना पुरुष, जुम्लाका ३५ र ३६ वर्षीय २ जना पुरुष, बारा पचौटा नगरपालिका १ पिपर्पत्ति माबी क्वारेन्टाइनमा रहेका १९,३० र ३५ वर्षीय ३ जना पुरुष, रौतहट गौर नगरपालीकाका ४ देखि ४० वर्षका ८ जना, रौतहट देहावी गुनाही नगरपालिकाका १८ देखि ४१ वर्षका ६ जना, रौतहट करुनिया १ र ४ का २६ देखि ४८ वर्षका २ पुरुष, रौतहट राजदेवीक २२ वर्षीय १ पुरुष, रौतहट गरुडाक २४ वर्षीय १ पुरुष, सिराहा नवराजपुर गाउपालिकाका १८ वर्षीय १ जना पुरुष, सिराहा भगवानपुरा गाउपालिकाका २५ देखि २९ वर्षका ४ जना पुरुष, धनुषा बेलामुखिया गाउपालिकाका २२ वर्षीय १ पुरुष रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा एक जना, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना, पोखरामा दुई जना, सुर्खेत प्रादेशिक अस्पतालमा १२ जना, नेपालगंजमा गरिएको परिक्षणमा ७ जना, दाङ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २४ जना गरेर आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
०००
‘म छिट्टै स्व’र्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सु’साइड नोट लेखेर १५ बर्षीय बालकले गरे आ’त्मह’त्या
शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सु’साइड नोट लेखेर आ’त्मह’त्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्व’र्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सु’साइड नोट लेखेर आ’त्मह’त्या गरेको प्रहरीले जानकारी दिएको हो ।
आफ्नै घरमा आ’त्मह’त्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भन्नुभयो, “ज’लाउनै लाग्दा शव हामीले नि’यन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घटनाको थप अनुसन्धान हँुदैछ ।”
मृ’तक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । आ’त्मह’त्या गर्नुअघि उनले सोही कोेठाको पलङमा सु’साइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अ’नुसन्धान गर्दै गरेको प्रहरीले श’व परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।