काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् ।
यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् ।
यसैगरी हेटौडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा मकवानपुरका १ र रौतहटका ७ जना रहेका छन् ।
यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् ।
यसैबीच राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना, बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना, २८ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।