कोरोना भाइरसबाट आज थप ४२६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ४२६ जनामा संक्रमण पुष्टि
स्वास्थ्य

काठमाडौँ, असार । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आजको नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो ।

संक्रमितहरुमा बिराटनगरमा गरिएको परिक्षणमा ३ जना, जनकपुरमा गरिएको परिक्षणमा १५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा २४१ जना, हेटौडामा गरिएको परिक्षणमा ६ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ५ जना, पोखरामा गरिएको परिक्षणमा २४ जना, रुपन्देहीमा गरिएको परिक्षणमा १०७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा २४ जना रहेका छन् ।

यो संगै कोरोना सक्रमितको संख्या ८२७४ पुगेका छन् । त्यस मध्ये ७०७ महिला र ७, ५६७ पुरुष रहेका छन् । अहिले सम्म १,४०२ जना कोरोना संक्रमण मुक्त भएका छन । हाल सम्म २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Post Comment