आज एकै दिन थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

आज एकै दिन थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

काठमाडौँ, ८ असार । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ५३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो ।

संक्रमितहरुमा कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परिक्षणमा १३ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा २८३ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा ४२ जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १२ जना, प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा २० जना, रुपन्देहीमा गरिएको परिक्षणमा १०३ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १३ जना रहेका छन् । आज संक्रमण पुष्टि हुनेहरुमा ७४ महिला र ४६१ जना पुरुष रहेका छन् ।

नेपालमा रसुवा जिल्ला बाहेक अन्य सबै ७६ जिल्लामा कोरोना संक्रमण भैसकेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । त्यस्तै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार १४२ जना रहेको छ । अहिले सम्म कोरोना संक्रमणबाट २३ ले ज्यान गुमाइसकेका छन ।

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ।

Post Comment