काठमाडौँ, २१ असार । कोरोना भाइरस कोभिड-१९ बाट आज थप २९३ जनामा सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफमा यसको पुष्टि गरेको हो ।
संक्रमितहरुमा कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा २ जना, बिराटनगरमा गरिएको परिक्षणमा ५ जना, जनकपुरमा मा गरिएको परिक्षणमा ४० जना, नारायणीमा गरिएको परिक्षणमा १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ३४ जना, भरतपुर चितवनमा गरिएको परिक्षणमा १ जना, हेटौडामा गरिएको परिक्षणमा २७ जना, बिर अस्पतालमा गरिएको परिक्षणमा १ जना, शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परिक्षणमा ३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४ जना रहेका छन् ।
त्यसै गरि रुपन्देहीमा गरिएको परिक्षणमा १६ जना, भेरी अस्पताल ३२ जना, पिसीआर ल्याब दैलेख प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना, चौजहारी नगरपालिकामा गरिएको परिक्षणमा ४ जना, कर्णालीमा गरिएको परिक्षणमा २० जना, डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ३ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा ५६ जना रहेका छन् ।
आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौँका २७ जना, ललितपुरका १ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म १५,७८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य ६,५४७ जना निको भएर घर फिर्ता भएका छन । ज्यान गुमाउनेको संख्या भने ३४ जना रहेका छन ।