काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनले हालसम्म सक्रिय संक्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।