काठमाडौँ, ४ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप १५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो ।
संक्रमितहरुमा कोशी अस्पतालमा गरिएको परिक्षणमा १ जना, गजेन्द्र नारायणमा गरिएको परिक्षणमा ३३ जना, नारायणी अस्पतालमा गरिएको परिक्षणमा ८ जना, राष्ट्रिय जनस्वास्थ्यमा गरिएको परिक्षणमा १ जना, शुक्रराज ट्रपिकलमा गरिएको परिक्षणमा ४ जना, हेटौडामा गरिएको परिक्षणमा ५ जना, पोखरामा गरिएको परिक्षणमा १२ जना, प्रादेशिक प्रयोगशाला पोखरामा १० जना, रुपन्देहीमा गरिएको परिक्षणमा ३ जना, भेरी अस्पतालमा गरिएको परिक्षणमा २० जना, लुम्बिनीमा गरिएको परिक्षणमा १० जना, सुर्खेतमा गरिएको परिक्षणमा १ जना, डडेलधुरामा गरिएको परिक्षणमा २ जना, सेती अस्पतालमा गरिएको परिक्षणमा २४ जना रहेका छन ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १७६५८ जना पुगेको छ । मृत्यु हुनेको सख्या ४० रहेको छ ।