युएस नेपाल न्युज, बाँके – आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका दुई जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसैबीच बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।