ट्राफीक पुलीसलाई पनि कोरोना संक्रमण

ट्राफीक पुलीसलाई पनि कोरोना संक्रमण
स्वास्थ्य

युएस नेपाल न्युज, काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमा शुक्रबार सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिनुभयो ।

सङ्क्रमित ट्राफिक प्रहरीको बारेमा अरु कुनै जानकारी भने दिइएको छैन । प्रवक्ता गौतमले भन्नुभयो, ‘महाशाखामा कार्यरत दुई जनामा सङ्क्रमण देखिएको छ, नेपाल सरकारले तोकेकै अस्पतालमा उपचार भइरहेको छ, अहिलेलाई यति मात्रै भनौँ ।’

यसअघि शुक्रबार नै प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिलेसम्म नक्सालका ७२ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।

Post Comment