इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि
स्वास्थ्य

युएस नेपाल न्युज । इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिनुभयो ।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताउनुभयो ।

Post Comment