कोरोना भाईरसको कारण फेरि गयो चार जनाको ज्यान

कोरोना भाईरसको कारण फेरि गयो चार जनाको ज्यान
स्वास्थ्य

युएस नेपाल न्युज, काठ्माण्डौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।

Post Comment