युएस नेपाल न्युज, बाँके । प्रदेश ५ की सांसद तथा नेकपा नेतृ कृष्ण केसी नमुनालाई कोरोना सङ्क्रमण भएको छ ।
केसीले आफूलाई सङ्क्रमण भएको भन्दै एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गर्नुभएको छ ।
केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिनुभएको थियो ।