जनकपुरमा कोरोनाको जस्तै लक्षण देखिएका दुई जनाको मृत्यु

जनकपुरमा कोरोनाको जस्तै लक्षण देखिएका दुई जनाको मृत्यु
स्वास्थ्य

युएस नेपाल न्युज, धनुषा । धनुषामा कोरोना भाइरससँग मिल्दाेजुल्दाे लक्षण देखिएका दुई जनाकाे मृत्यु भएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका २ मा रहेको विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुष र  शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको हो । उहाँहरुलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मृत्यु भएका दुवै जनाकाे कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वाब सङ्कलन गरिएको भट्टराईले बताउनुभयो ।

Post Comment