पर्सामा पुन: २२ जनामा कोरोना संक्रमण, एक जनामा मृत्युपछी कोरोना पुष्टी

पर्सामा पुन: २२ जनामा कोरोना संक्रमण, एक जनामा मृत्युपछी कोरोना पुष्टी
स्वास्थ्य

युएस नेपाल न्युज, पर्सा – पर्सामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

हिजो ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले आज सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन्  । थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् ।

आज थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Post Comment