अस्पतालमा शैैैया अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञहरुको सुझाव

अस्पतालमा शैैैया अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञहरुको सुझाव
स्वास्थ्य

युएस नेपाल न्युज,मोरङ । प्रदेश नम्बर १ का कोभिड–१९ अस्पतालमा शैैैया अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

विज्ञहरुले अस्पतालमा आइसोलेशन कक्ष र शय्याकाे सङ्ख्या बढाउनुपर्ने भन्दै बिरामीको अवस्था वर्गी​करण गरी त्यसअनुसारको उपचार कक्ष तथा सुविधा भएको आइसोलेशनको व्यवस्था गर्न सुझाव दिएका हुन् ।

सामान्य र कुनै पनि लक्षण नदेखिएका सङ्क्रमितहरुले अस्पतालका शय्या भरिन थालेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर संजिव शर्माले यस्तो अवस्थामा उच्च स्वास्थ्य समस्या भएका तथा जोखिमयुक्त सङ्क्रमित बिरामीले उपचारका लागि शय्या नपाउने र उपचारमा समस्या हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

यसैबीच प्रदेशको राजधानी विराटनगरमा लकडाउन गरिएपछि प्रदेश सरकार र पालिकाबीच विवाद सिर्जना भएको छ । महानगरपालिकाले गरेको लकडाउन कार्यान्वयनका लागि प्रहरी र प्रशासनबाट सहयोग नभएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: साउन २६, २०७७

Post Comment