काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ७१ जना घर फर्किएका छन् ।
हालसम्म १६ हजार ६६४ जना निको भइसकेका प्रवक्ता गौतमले बताए ।
गत २४ घन्टामा १० हजार ४ सय ६२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ६२ हजार ४ सय ९८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् ।
क्वारेन्टाइनमा ११ हजार ५८ जना छन् ।