युएस नेपाल न्युज, माेरङ । प्रदेश १ मा आइतबार एक सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
मोरङका ९२ जना, खोटाङका ६ जना, सुनसरीका दुई जना, इलामका एक जना र प्रदेश १ मा बाहिरबाट आएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएकामध्ये ३४ जना महिला र ६९ जना पुरुष छन् ।
यसैबीच मोरङको विराटनगर महानगरपालिका मा आइतबारमात्रै ८६ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बूढीगङ्गामा तीन, धनपालथानमा दुई र कटहरीमा एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा एक पुरुष, दुहवीमा एक महिला, इलामको देउमाईमा एक पुरुष, बाराका एक पुरुष र सिरहाकी एक महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १० पुगेको छ ।