५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
स्वास्थ्य

काठमाडौं । बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

उनकाअनुसार काठमाडौंका १३९, ललितपुरका १५ र १४ गरी उपत्यकामा १६८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६० डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ ।

Post Comment