काठमाण्डाै – गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई सय जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा थप दुई सय जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको हो।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा काठमाण्डाैका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।
बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।