काठमाण्डौ – ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ।
कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान गुमाउनेहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका विज्ञप्तिमा उल्लेख छ । दुवै जनाको आज बिहान ज्यान गएको हो ।