थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।

Post Comment