काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ।
शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले m जानकारी दिए ।
कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण
