काठमाण्डाै । पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय ८१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
मङ्गलबार एकैदिन काठमाण्डाै उपत्यकामा चार सय ८१ सहित देशैभर एक हजार ६९ जनामा काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे हाे । अब नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४० हजार नाघेकाे छ ।
केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।