सुखद खबर: २८ जना संक्रमीत, १९ जना एकैदिन डिस्चार्ज

सुखद खबर: २८ जना संक्रमीत, १९ जना एकैदिन डिस्चार्ज
स्वास्थ्य

रुकुम पश्चिम । कोरोना सङ्क्रमित भएर रुकुम पश्चिमकाे विभिन्न ठाउँका आइसोलेशनमा रहेका २८ जनामध्ये शनिबार १९ जना डिस्चार्ज भएका छन् ।

कोरोना सङ्क्रमणपछिको पहिलो परीक्षण रिपोर्ट नेगेटिभ आएर पनि १४ दिन आइसोलेशनमा बसेकाहरुलाई डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना रोग फोकल पर्सन ईश्वर रावलकाअनुसार दुई वर्षकादेखि ४० वर्षसम्मकाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरुलाई आठबीसकोट नगर अस्पताल, जिल्ला अस्पताल तथा मुसीकोट नगरपालिकाको आइसोलेशनमा राखिएकाे थियाे । फोकल पर्सन रावलकाअनुसार अब रुकुम पश्चिममा ९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

अहिलेसम्म ६४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएकामा ५५ जनाले कोरोना जितेका छन् भने अन्य सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । -उज्यालो

Post Comment