श्वास फेर्न गारो भएर अस्पताल पुगे तर २३ बर्षीय युवाको गयो ज्यान

श्वास फेर्न गारो भएर अस्पताल पुगे तर २३ बर्षीय युवाको गयो ज्यान
स्वास्थ्य

पर्सा । सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका बाराका एक युवकको अस्पतालमै मृत्युु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका बारा जिल्ला सपहिका २३ वर्षिय युवकको मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार रूघाखोकि, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या रहेका ती युवकको उपचारको क्रममा मृत्युु भएको हो ।

युवकको कोरोनाका कारण मृत्यु भएको आशंकामा पिसीआर परिक्षण गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

Post Comment