काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पत्रकारको पहिलोपटक मृत्यु भएको छ। कपिलवस्तुका ६२ वर्षीय पत्रकारको कोरोना भाइरसको संक्रमणबाट हिजो मृत्यु भएको हो। दीर्घ रोगबाट पीडित पत्रकारको बिहान निवासमै मृत्यु भएको थियो। मिर्गौलाको समस्या, सुगर र उच्च रक्तचापबाट पीडित पत्रकारको मृत्युपछि कोरोना पुष्टि भएको हो।