पोखरामा थपीए ९ जना नयाँ संक्रमीत

पोखरामा थपीए ९ जना नयाँ संक्रमीत
स्वास्थ्य

पोखरा । गण्डकी प्रदेशमा बुधबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा कास्कीका ९ जना, बागलुङका १ जना र नवलपुरका १ जनामा गरि ११ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा ६ बर्षीय बालिका १ जना, २ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको स्वास्थय निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी बागलुङको तमानखोलाका र नवलपुरको गैंडाकोट १÷१ जना पुरुषमा कोरोना देखिएको छ । योसँगै गण्डकीमा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ८ सय ४ जनामा निको भएर घरफर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Post Comment