काठ्माण्डौ । देशभरका सक्रिय कोरोना संक्रमितमध्ये करिब आधा घरमै अर्थात् होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर १५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेकोमा ७ हजार ३७८ जना होम आइसोलेसनमा छन्।
लक्षण नभएका संक्रमितलाई घरमै बस्ने अनुमति सरकारले दिएको छ। तर, यसका लागि निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ।
आज (आइतबार) देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ जना छन्।